
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गर्नुभएको छ ।
आज दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिने बताउनुभयो ।
‘यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री भएको ३ महिनामा उहाँले आज सातौं पटक मन्त्रिपरषद विस्तार गर्नुभएको छ र अझै मन्त्रिपरिषदलाई पूर्णता दिन भने सक्नुभएको छैन् ।