
काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बैठकले डा. उप्रेतीको राजीनामा स्वीकृत गरेको हो ।
डा.उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर राजीनामा बुझाउनुभएको थियो । तर, राजीनामा स्वीकृत भएको थिएन ।
डा. उप्रेती स्वास्थ्य मन्त्रालयका पूर्वसचिव समेत हो। उहाँ २०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त हुनुभएको थियो।