परराष्ट्र सचिव पौड्याल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङले आज बिहान १० बजे सिंहदरवार पुगेर परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गरेको स्रोतले बताएको छ।

भेटमा समसामयिक विषयमा छलफल भएको छ। उहाँहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ। निकट भविष्यमा २ देशबीच उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको र सोबारेमा छलफल गर्न उहाँहरूबीच भेट भएको स्रोतको दाबी छ।

चिनियाँ राजदूत सोङ पछिल्लो समय राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त हुुनुहुन्छ। उहाँले हिजो एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पनि भेटवार्ता गर्नुभएको थियो।

चीनले बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा दिएपनि आन्तरिक कारण देखाउँदै प्रचण्ड उक्त सम्मेलनमा सहभागी हुनुभएन्।

Back to top button