एसईईमा सुरक्षार्थ खटेका एक असईको मृत्यु

जनकपुर । महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ । बलवा नगरपालिका वडा नं. १० धमौरा मा.वि.मा सुरक्षार्थ खटिनुभएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।

अचानक स्वास्थ्य अवस्था खराब भएपछि उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो । उहाँ गौर नगरपालिक–२ को बासिन्दा हो ।

आज बिहान ९ः२५ बजे उहाँको मृत्यु भएको हो । पोस्टमार्टम गरी उहाँको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Back to top button