
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसीसी विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेका छन् ।
विराटनगरको जुट मिलमा आज भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले निराश बनाउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको सुनसरीले निर्धारित २० ओभरमा १० विकेट गुमाइ १०२ रन बनाएको थियो । जसमा सुनसरीका गौरव कटुवालले ३० रन बनाउनुभयो । रविनले मण्डलले १७ रनको योगदान दिँदा भुपाल लुईटलेल १३ रन बनाउनुभयो ।
बलिङतर्फ वाइआरसीसी विराटनगरका हेमन्त धामीले, कमल खत्री र सवर्ण यादवले २–२ विकेट लिनुभयो । १०३ रनको बिजय लक्ष्य पच्छ्याएको विराटनगरले १० ओभरमा २ विकेट गुमाइ लक्ष्य भेट्टयाएको थियो ।
जसमा विराटनगरका मुकेश शर्माले ४३ रनको योगदान दिनुभयो । दिलिप नाथले ३७ रन र दिपक पासवानले १७ रनको योगदान दिनुभयो ।
बलिङतर्फ सुनसरीका संजिव तिम्सिना र प्रकाश कार्कीले १–१ विकेट लिनुभयो । म्यान अफ द म्याच वाइआरसीसी विराटनगर मुकेश शर्मा घोषित हुनुभयो ।
आजै भएको दोस्रो खेलमा भारतको पूर्णियालाई ९ विकेटले हराउँदै नरपथग्राम क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ । निर्धारित २० ओभरमा ९ विकेट गुमाइ पुर्णियाले १७० रन बनाएको थियो ।
जसमा पुर्णिायाका भास्कर दुधेले ७६ रन बनाउनुभयो । मनकुमारले ३३ रनको योगदान दिँदा शिखर सिंहले १८ रन बनाउनुभयो । बलिङ्गतर्फ नरपथग्रामका रबनाकुमारले ३ र साहिन कुमारले २ विकेट लिनुभयो ।
१७१ रनको विजय लक्ष्य नगरपथग्रामले ७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नगरपथ ग्रामका अभिषेक पाठकले उत्कृष्ट ब्याटिङ गर्दै २७ बलमा १ सय १० रन बनाएर अविजित रहनुभयो ।
उहाँले १४ छक्का, ६ चौका प्रहार गर्नुभएको थियो । भानु आनन्दले २३ रन बनाउनुभयो । उहाँले सन २०१४ मा आइपिएल समेत खेल्नुभएको थियो । पुलिस कुमारले १६ रन बनाउनुभयो ।
म्यान अफ द म्याच अभिषेक पाठक घोषित हुनुभयो ।