
काठमाडौं । गायीका प्रबिशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ गीतको भिडियो सार्वजनिक भएको छ ।
किरण पुनको शब्द तथा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज यस गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । प्रेम कथामा आधारित गीतमा जीवनका सुनौला पलहरुलाई प्रस्तुत गरिएको छ ।
जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियो अष्ट्रेलियाको सिड्नी र आसपासको क्षेत्रमा छायाँकन गरिएको छ ।
जेनिशाको अभिनय र स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका विभिन्न गीतहरु सार्वजनिक भइसकेका छन् ।
गायन र अभिनयमा जम्नुभएकी जेनिशाको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास हो । ओम गोरखालीको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तमको निर्देशनमा भिडियो तयार गरिएको हो ।
हेरौं भिडियो