
काठमाडौं । उप–चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।
चितवन– २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ –१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उहाँको सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।
बारा – १ बाट को उठाउने भनेर पनि बैठकमा टुङ्गो लगाउने बताइएको छ । बैशाख १० गते उप–चुनाव हुँदैछ ।