
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न एमाले सचिवालय बैठक बसेको हो।
पार्टी कार्यालय च्यासलमा जारी बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्नेछ।
तनहुँ–१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। यस्तै, चितवन–२ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार हुनुहुन्छ।
बारा–२ मा रास्वपाबाट रमेश खरेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार हुनुहुन्छ।