पर्सामा लोसपाका जिल्ला सचिव सहित १ सय २० बढी नेताहरू जनमत प्रवेश

वीरगन्ज । पर्सामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। वीरगन्जमा आज आयोजित एक कार्यक्रममा लोसपाका जिल्ला सचिव राजनारायण मिश्रासहितका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन्।

मिश्रासँगै लोसपाकी महिला संगठनकी जिल्ला अध्यक्ष अन्जना गुप्ता, लोसपाका वीरगन्ज महानगर सचिव संजय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद, मोबाइल एसोसिएशन पर्साका अध्यक्ष महादेव शर्मा, युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह,रेखा सरार्फ, विणा श्रीवास्तव लगायत १ सय २० जना जनमत पार्टीमा प्रवेश गर्नुभएको जनमत विद्यार्थी संघका अध्यक्ष राजुराज गिरिले जानकारी दिनुभयो।

जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहको प्रमुख आतिथ्यता एंव जिल्ला संयोजक ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नजमा खातुन, सुजित चौरसिया, नरेश पटेल, दिपेन्द्र यादव लगायतको पनि उपस्थिति थियो।

त्यस अवसरमै पत्रकार मुना ठाकुरको अध्यक्षतामा ९ सदस्यीय प्रेस जनमत संघको जिल्ला कार्य समिति पनि गठन गरिएको छ।

Back to top button