भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६ दशमलव ८२ रुपैयाँ घटेर आएको छ। यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १ दशमलव ७४ रुपैयाँ घटेर आएको छ।

यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२ दशमलव १७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८ दशमलव १२ रुपैयाँ कायम भएको छ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ कायम छ। भारतबाट आएको नयाँ मूल्य सूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२ दशमलव ८३ रुपैयाँ र पेट्रोलमा ९ दशमलव ८८ रुपैयाँ फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिनुभयो।

यसका साथै खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ। नयाँ मूल्य सूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ। हाल निगमले एलपी ग्याँसको बिक्री प्रतिसिलिन्डर १ सय ८८ सय रुपैयाँमा बेच्दै आइरहेको छ।

Back to top button