
काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न समिति बनाएको छ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
समितिमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा हुनुहुन्छ। समितिले रावलसँग छलफल गरेपछि उहाँलाई पार्टीमा आवश्यक जिम्मेवारी दिने विषयमा निर्णय गरिने गुरुङले बताउनुभयो।
दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेयता रावल एमालेमै रहेपनि सक्रिय हुनुहुन्न्। उहाँले आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएको बताउँदै आउनुभएको छ ।