
काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी मञ्जु शर्मा (अन्सारी)ले आज प्रतिनिधि सभा सदस्य पदको सपथग्रहण गर्ने हुनुभएको छ । उहाँले आज सिंहदरबारस्थित कानुन समितिको हलमा सपथग्रहण गर्न लाग्नुभएको हो ।
जसपाले अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो। गत फागुन १३ गते जसापका सांसद सहनाज रहमानको निधन भएपछि एक सांसद पद रिक्त भएको हो। सोही रिक्त स्थान पदपूर्तिका लागि सप्तरी निवासी अन्सारीलाई सिफारिस गरेको हो।