कांग्रेस पार्टी कार्यालय विपी नगरमा नेविसंघद्वारा नाराबाजी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन्।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरु पार्टी कार्यालय विपी नगरमा रिले अनशन बसेका हुन्।

पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्। उनीहरुले कालोपट्टीसमेत बाँधेका छन्। रिले अनसनमा कांग्रेस महामन्त्री गगन थापा समेत पुग्नुभएको छ ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ बृहत् संघर्ष समितिले हिजोबाट रिले अनशन थालको हो ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावि जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।

उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।

पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेबि संघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठनविरोधी काम गरेको र पार्टी दिएको म्यान्डेडअनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताउनुभयो।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नुभएको थियो। स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो।

तोकिएको समयअवधि सकिएकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने नेविसंघका कार्यकर्ताको माग छ।

Back to top button