विकास र समृद्धिका लागि राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौं : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताउनुभएको छ । उहाँले राजनीतिक स्थायित्व भएमात्र विकास र समृद्धि हुने धारणा राख्नुभएको छ ।

देश किन बनेन भनेर चिन्ता गर्नेहरु राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नुपर्ने महासचिव पोखरेलको भनाई छ ।

‘बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्न तनहुँ–१, चितवन–२ र बारा–२ मा सूर्य ध्वजाबाहक उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुटौं।’

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ,‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ। देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौं।’

आगामी वैशाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुँदैछ। एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बारा–२ मा उम्मेदवार तोक्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।

Back to top button