कांग्रेस नेता जोशी र कोइरालाको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्व–सहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवन पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले जोशी र कोइरालाको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । जोशी पूर्वगृहमन्त्री समेत हो ।

गत निर्वाचनमा पार्टी हितविपरित क्रियाकलाप गरेको भन्दै जोशी र कोइरालालाई पार्टीले कारबाही गरेको थियो।

यस्तै, आजको बैठकले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्री पाण्डले जानकारी दिनुभयो । यसअघि कांग्रेसले तनहुँ–१ बाट गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।

Back to top button