राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आज भेटेर प्रधानमन्त्री प्रचण्डले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यस्तै, पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल हिजो अस्पताल भर्ना हुनुभएको थियो ।

Back to top button