बारा–२ मा जनमतले जसपालाई सघाउने प्रचार विभाग प्रमुख बस्नेतको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा–२ को उपनिर्वाचनमा जनमत पार्टीले जसपालाई सघाउने दाबी गर्नुभएको छ ।

राष्ट्रिय राजनीतिको वर्तमान अवस्था र उपेन्द्र यादवको आवश्यकता बारे सिके राउत राम्रोसँग जानकार रहेको भन्दै उहाँनले उपेन्द्र यादवलाई जिताउने कुरामा जनमत पनि लाग्ने बताउनुभएको हो ।

सिंगो गठबन्धन नै जसपालाई सघाउने निर्णयमा पुगिसकेको अवस्थामा जनमत पार्टी उम्मेदवारी मनोनयन दर्ता अगावै उक्त निर्णयमा पुग्न सक्ने बस्नेतले बताउनुभएको छ ।

‘व्यक्तिप्रतिको पुर्वाग्रहले हैन राष्ट्रिय राजनीतिलाई सही मार्गमा लैजान जनमत जिम्मेवार ढंगले प्रस्तुत हुन्छ भन्नेमा म विश्वस्त छु,’ बस्नेतले भन्नुभयो।

नेपाली कांग्रेस र लोसपा नेपालले आज जसपालाई सघाउने निर्णय गरेसँगै जनमत पार्टीबारे बस्नेतले उक्त धारणा राख्नुभएको हो ।

Back to top button