कांग्रेसले तनहुँ र चितवनमा खटायो दुई महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा दुई महामन्त्रीलाई खटाएको छ ।

तनहुँ–१ मा महामन्त्री गगन थापा र चितवन–२ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाउनुभएको एक नेताले जानकारी दिए । उहाँहरु भोलि हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनुहुने छ र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नुहुने छ ।

कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा–२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

Back to top button