राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव अस्पतालमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगन्ज पुग्नुभएको छ ।

शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुनुभएका राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव अस्पताल जानुभएको सचिवालयले जनाएको छ।

भेटमा उहाँले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएके छ । यादवले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ। उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

Back to top button