बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,११ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटा भन्ने स्थानमा आज बिहान ११ बजेतिर गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५ नं को जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेको प्रहरीले जनाएको छ । जीपमा सवार १२ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । १ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ११ जना घाइते भएका छन् ।

उनीहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोली समेत घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

Back to top button