मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा

काठमाडौं । आफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ ।

मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो ।

यस टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति भएको दाबी पीडितहरुको छ । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरु हिँडेर माइतीघरतर्फ जाँदैछन् ।

Back to top button