राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष तिमल्सिना अस्पतालमा

काठमाडौं । गत शनिबारदेखि त्रिवी शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ।

अध्यक्ष तिमल्सिना राष्ट्रपति पौडेल भेट्न आज अस्पताल पुग्नुभएको हो। उहाँले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभयो।

यसअघि विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुग्नुभएको थियो।

यस्तै, पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना हुनुभएको थियो।

Back to top button