सीमा क्षेत्रमा गोली चल्यो, घाइतेको विराटनगरमा उपचार हुँदै

विराटनगर । सीमावर्ती क्षेत्रमा २ समूहबीच झडप हुँदा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा २ समूहबीच गोली हानाहान भएको हो ।

प्रहरी स्रोतका अनुसार आज बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो ।

एउटा समूहको प्रहारबाट अर्को समूहका सदस्य टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएको प्रहरीले जनाएको छ । सिंहको मुखमा गोली लागेको छ ।

भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । सिंह खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य हुन् । भारतीय क्षेत्रमा घटना भएका कारण नेपाल प्रहरीले प्रतिक्रिया जनाएको छैन ।

Back to top button