
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।
आयोगले आज एक सूचना प्रकाशन गरी आउदो वैशाख १० गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो ।
यस्तै, आयोगले ७ दिनभित्र निवेदन दिन आग्रह गरेको सूचनामा उल्लेख छ। चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ।








