तीनदिने चौँरी पर्यटन महोत्वस हुँदै

पाँचथर । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ ‘छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्वस २०८०’ हुने भएको छ । चैत ३० देखि वैसाख २ गतेसम्म हुन लागेको महोत्सवको तयारी भइरहेको छ ।

नयाँ वर्षको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका– ४ मा हुने महोत्सव उद्घाटन सहरी विकास मन्त्री सिता गुरुङले गर्ने तयारी भएको हो ।

३ हजार ५ सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सीमाना जोडिएको स्थानमा महोत्सव गर्न लागिएको हो ।

चौँरी संस्कृति लोभ हुदैँ गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको गाँउपालिकाका प्रबक्ता भरत खपाङ्गीले जानकारी दिनुभयो ।

चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पत्ति पनि रहेको बताउँदै खपाङ्गी आयोजित पत्रकार सम्मेलनमा चौँरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरिएको बताउनुभयो ।

चौँरी विश्वका सात मुलुकमा मात्र पाइन्छन्। महोत्सवमा पाँच सय बढी चौँरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी छ। महोत्सवबाट यहाँको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

महोत्सवमा आन्तरिक र बाह्य गरी तीन हजार बढी पर्यटकको सहभागिता रहने आयोजकको विश्वास छ । महोत्सवमा चौरीको दूधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटी तथा कृषिजन्य बस्तुको स्टलहरु समेत राखिने छन् ।

यसैबिच कञ्चनजंघाको दक्षिणी बेसक्याम्प पुग्ने सबैभन्दा लामो र मुख्य पदमार्गको समेत शिलन्यास गर्न तयारी गरिएको छ । फालेलुङ गाँउपालिका मुख्य आयोजक रहेको महोत्सवमा फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था र दीप ज्योति युवा क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।

Back to top button