झापामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

विर्तामोड । झापामा मोटरसाइकलको ठक्करबाट एकजना महिला पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–८ निवासी ६५ वर्षीया गीतादेवी खत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा प्र–१–०३–००१ प १८४६ नम्बरको मोटरसाइकलले पैदलयात्री खत्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते खत्रीको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ।

Back to top button