सदनमा मोबाइल ‘स्वीच अफ’ गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल ‘स्वीच अफ’ गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

आज राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह ‘गरिमा’ आफ्नो धारणा राखिरहनुभएको थियो। त्यसबेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले त्यसो नर्गन आग्रह गर्नुभएको हो ।

‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमै भन्नुभएको हो ।

Back to top button