मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिँदै

जनकपुरधाम । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले आज सरकारबाट बाहिरिँदैछ । एमालेका चारैजना मन्त्रीले आज राजीनामा बुझाउँदै हुनुहुन्छ ।

एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिने हुनुभएको हो ।

चारैजना ले मुख्यममन्त्री सरोजकुमार यादवसमक्ष केही बेरमा राजीनामा बुझाउने गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिनुभयो ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिन लागेको उहाँले बताउनुभयो । मधेस प्रदेशमा मा एमालेका २३ जना सांसद छन् ।

Back to top button