मधेस प्रदेश : एमालेका मन्त्रीहरूद्वारा राजीनामा

सप्तरी । मधेस प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। मधेस प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र १ राज्यमन्त्रीले आज मुख्यमन्त्री सरोज यादव समक्ष राजीनामा पत्र बुझाएका हुन्।

एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी प्रदेश मामिला तथा कानुन मन्त्री, सत्रुधन सिंह कोइरी गृह तथा सञ्चार मन्त्री, मोहम्मद जैद आलम महिला बालबालिका युवा तथा खेलकुद मन्त्री र केव राय गृह तथा सञ्चार मन्त्री हुनुभएको थियो।

गत २७ पुषमा एमाले र जनमतको समर्थनमा जसपाका यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। केन्द्रीय गठबन्धन परिवर्तन भएसँगै मधेसमा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन दबाब दिइँदै आइएको थियो। मधेसमा अब एमालेले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जनाएको छ।

Back to top button