सीपलाई व्यवहारमा उतार्न मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।

विराटनगर–८ स्थित हलेसी महिला सशक्तिकरण सेवा केन्द्रले आयोजना गरेको उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिम लिइसकेपछि धेरैजसोले सीपलाई नै बिर्सिदिने गरेको बताउनुभयो ।

कतिपय तालिमहरु तालिममै सीमित हुने गरेको भन्दै उहाँले सिकेको सीपलाई व्यवहारमा लागूगर्नु महत्वपूर्ण रहेको बताउनुभयो । मेयर कोइरालाले महानगरले रोजगारमूलक तालिमलाई बढी जोड दिएको भन्दै उद्घोषण तालिम पनि व्यक्तिका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

हरेक कार्यक्रम गर्दा उद्घोषकको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले तालिममा सिकेका सीपलाई सैद्धान्तिक भन्दा प्रयोगमा उतार्नुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको छ ।

तालिममा सहभागीहरुलाई मेयर कोइरालाले प्रमाणपत्रसमेत प्रदान गरे । पत्रकार धीरज दाहालले सहजीकरण गरेको तालिममा वडा नम्बर ८ का २० जना महिलाको सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष सीता बरालले जानकारी दिनुभयो । तालिममा सहभागीहरुले अब जस्तोसुकै कार्यक्रममा पनि बोल्न सक्ने भएको बताएका छन् ।

Back to top button