मोरङबाट एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

विराटनगर। प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

आज अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो ।

अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले बताउनुभयो । उहाँले कल्पना लिम्बूको नामको परीक्षा दिइरहनुभएको थियो ।

नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी सुस्मितामाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button