सत्ता गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहने बताउनुभयो ।

‘सत्ता गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गर्छु’, उहाँले भन्नुभयो,‘पाँचै वर्ष मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छौं।’

राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धन अघि बढ्ने भन्दै उहाँले सत्ता गठबन्धन प्रगतिशील र लोकतान्त्रिक गठबन्धन रहेको दाबी गर्नुभयो ।

आफ्नो पार्टी कसैसँग विलय नहुने भन्दै नेता नेपालले कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुन भने जरुरी रहेको बताउनुभयो ।

Back to top button