चितवन–२ मा रविको उम्मेदवारी कायमै रहने

चितवन । चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी कायमै रहने भएको छ । निर्वाचन अधिकृतको कार्यालय भरतपुरको अनुसार उहाँको उम्मेदवारी कायमै रहने भएको छ ।

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको थियो। आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने स्पष्ट कारण नखुलेकोले लामिछानेको उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताउनुभयो।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले लामिछानेविरुद्धको उजुरी दाबी नपुगेकाले खारेज गरिएको बताउनुभयो।

लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा, स्वतन्त्र उमेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरी सुवेदी र युवराज सफलले उजुरी दर्ता गराउनुभएको थियो।

Back to top button