पार्किङ निषेधको विरोधमा व्यापारी

विराटनगर । बजार क्षेत्रमा लागू गरेको ‘नो पार्किङ’ अभियानको विरुद्धमा उत्रिएका व्यापारीले विराटनगर महानगरको टोली अनुगमनमा पुगेपछि बजार बन्द गराएका छन् ।

महानगरपालिकाले निर्णय कार्यान्वयन गराउन कडाइ गर्न शुरु गरेको छ । भने व्यापारीहरु अवज्ञा गर्दै आएका छन् । आज भने बजार क्षेत्रका व्यापारी महानगरको संयुक्त अनुमगन समितिलाई पसल बन्द गराएर असहयोग गरेका छन् ।

पार्किङ निषेधको निर्णयको अवज्ञा समेत गर्दै आएका व्यापारीले आज अनुगमनमा असहयोग गरेका हुन् । पछिल्लो समय सडकलाई पार्किङ निशेधित गर्ने महानगरको निर्णयको स्वागत र विरोध हुँदै आएको छ । यद्यपी केहि पसलहरुमा अनुगमन भएको छ ।

अनुगमन नियमित प्रकृया रहेको भन्दै उपमेयर शिल्पा कार्कीले यसलाई निरन्तरता दिइने बताउनुभएको छ । आज कार्कीको नेतृत्वको टोली बजार क्षेत्र पुगेर अनुगमन सुरु गरेसँगै व्यापारीले पसलका सटर बन्द गराएर नारावाजी गर्दै बजार परिक्रमा गरे ।

महानगरपालिकाले जनाएअनुसार आजदेखि संयुक्त बजार अनुगमन सुरु गरिएको जनाएको छ । त्यस क्रममा केही पसलहरुमा कमजोरी गरेको पाइएको छ ।

Back to top button