सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ ।

सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिनेछन् ।

Back to top button