पदमबहादुर लिम्बुलाई शहीद घोषणा

काठमाडौं । कोशी प्रदेश नामकरणको विषयलाई लिएर भएको आन्दोलनका क्रममा घाइते भई मृत्यु हुनुभएका पदमबहादुर लिम्बु सहीद घोषित हुनुभएको छ ।

उहाँलाई आज बसेको मन्त्रीपरिषद बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको हो । लिम्बुको शव भने अझै उठ्न सकेको छैन ।

उहाँको शवलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

Back to top button