नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार ४ जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी) सन्दीप भण्डारी,सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा गरिएको हो।

गत चैत्र १३ गते बढुवा समितिको बैठकले उहाँहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, तामाङलाई अपराध अनुसन्धान विभागमा,भण्डारीलाई मानव स्रोत र मिरा चौधरीलाई कार्य विभागमा पदस्थापन गरेको हो।

Back to top button