प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले (राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९) पेश गर्ने संभावित कार्यसूची रहेको छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।

Back to top button