एसईई दिएर घर फर्कंदै गरेका एक परीक्षार्थीको दुर्घटनामा परी मृत्यु

बुटवल । एसईई दिएर घर फर्कंदै गरेका एक बालकको दुर्घटनामा परी ज्यान गएको छ। प्यूठानको विद्यानन्द मावि गोठिवाङ जुडापाटा परीक्षा केन्द्रमा परीक्षा दिएर घर फर्कंदै गर्दा बेल्वास मावि बेल्वास तापका १५ वर्षीय प्रतीक घर्तीको मृत्यु भएको हो।

लोकचेतना एकेडमीको लु १ क १०९४ नम्बरको स्कुल बसले लु ६६ प ५३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाईते भएका घर्तीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button