बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन हिजो तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Back to top button