महानगरको बस्ती हटाउने तयारीपछि तीनकुनेस्थित बागमती किनारका सुकुम्बासी घरेलु हतियारसहित प्रदर्शनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने गैरीगाउँ क्षेत्र आसपासका सुकुम्बासी बस्ती हटाउने तयारी गरेको छ। महनगरपालिकाले गैरीगाउँस्थित बागमती किनारका अव्यवस्थित बस्तीहरू हटाउने तयारी गरेको हो।

महानगरपालिकाले बस्ती हटाउने तयारी गरेपछि सुकुम्बासीहरू घरेलु हातहतियारसहित प्रतिकारको लागि तयारी अवस्थामा छन्। अहिले टायर बालेर उनीहरू विरोध गरिरहेका छन्।

यस्तै, महानगरले केही समयअघि देखि अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन। काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले अव्यवस्थित सुकुम्बासी हटाउन पटक–पटक सरकारलाई आग्रह गर्दै आउनुभएको छ ।

Back to top button