अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७८ प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाबाट प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकले सर्वसम्मतले प्रस्तावलाई स्वीकृत गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताउनुभयो ।

उहाँले सभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको विपक्षमा कोही पनि सांसद नरहेको भन्दै प्रश्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गर्नुभयो ।

अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि संशोधन पेस गर्न चाहने सांसदले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधि सभामा दिन सक्ने सभामुख घिमिरेले बताउनुभएको छ ।

Back to top button