नागरिकता विधेयकमा दलहरुबीच सहमतिको प्रयास जारी छः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भइरहेको बताउनुभएको हो ।

उहाँले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परेपनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताउनुभयो । विगतका समस्या नदोहोर्याउन सहमतिको लागि प्रयास गरिएको उहाँको भनाइ छ ।

मन्त्री शर्माले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वनय गर्नका लागि सरकारले आफ्ना सबै निकायहरुलाई सक्रिय पार्ने पनि बताउनुभयो ।

Back to top button