नरपथगञ्जले जित्यो मिल्स टि–२० क्रिकेटको उपाधि

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा सम्पन्न फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो ।

जितसँगै नरपथगन्जले १ लाख ११ हजार रुपैयाँ सहित ट्रफि उचाल्यो । उपबिजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्‍यो । १५८ रनको विजय लक्ष्य नरपथगन्जले १८ दशवलम २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।

नरपथगञ्जका भानु आनन्दले ३५ बलमा ६३ रनको अर्धशतीय ईङनिङ खेल्दा ६ छक्का र ४ चौक्का प्रहार गर्नुभयो । उहाँले नै म्यान अफ द फाइनल घोषित हुँदै ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

नरपथगञ्जका विजय भारती ३६ रन बनाउँदै अविजित रहँदा साहिल कुमारले २५ रनको योगदान दिनुभयो । विराटनगरका विधान गोस्वामीले ३ दशवलम २ बलमा ३३ रन खर्चिएर ४ विकेट लिनुभयो । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिनुभयो ।

टस जितेर ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट भइ १५७ रनको योगफल खडा गरेको थियो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाउँदा प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाउनुभयो ।

नरपथगञ्जका अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २/२ विकेट लिनुभयो । बेस्ट ब्याटर नरपथगन्जका अभिषेक पाठक हुनुभयो । बेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरीज एनबीएससीका विधान गोस्वामी घोषित हुनुभयो । उहाँहरू सबैले जनही १५ हजार रुपैयाँ प्राप्त गनुर्भयो ।

उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी हुनुभयो उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । बिजेता हुने टिमलाई क्यान केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

Back to top button