पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी बिष्ट विजयी

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी हुनुभएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी हुनुभएको छ ।

दुई जना सदस्य अखिल क्रान्तिकारी र अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी भएका छन् । पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो ।

Back to top button