ट्युनिसियाको तटीय क्षेत्रमा आप्रवासी सवार दुई वटा डुंगा डुब्दा २७ जना बेपत्ता

ट्युनिसियाको तटीय क्षेत्रमा आप्रवासी सवार दुई वटा डुंगा डुब्दा २७ जना बेपत्ता भएका छन्। ३७ जना सवार पहिलो डुंगा शुक्रबार ट्युनिसियाबाट इटालीको लागि प्रस्थान गरेको थियो।

उक्त डुंगा डुब्दा २० जना बेपत्ता भएका छन् भने १७ जनाको उद्धार गरिएको स्फाक्स सहरस्थित अदालतका प्रवक्ताले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।

यस्तै, शनिबार अर्को दोस्रो डुंगा डुब्दा समुद्र किनारमा चारवटा शव फेला परेको छ । दोस्रो डुंगामा ३६ जना सवार रहेका थिए। जसमा तीन जना बेपत्ता भएका अधिकारीहरुले बताएका छन्।

मार्च महिना यतामात्रै ट्युनिसियामा सात वटा यस्तै जहाज भत्किएका छन्। जसमा सवार एक सय मानिस हराइरहेका छन्। सम्भवत उनीहरु सबैको मृत्यु भएको अनुमान गरिएको छ।

ट्युनिसियाको तटवर्ती क्षेत्रहरु ल्याम्पेडुसा द्विपबाट १५० किलोमिटर मात्रै टाढा पर्दछन्। यस इटालियन द्विप प्राय मुख्यभूमि पुग्नका लागि पार गर्नु पर्ने बिन्दुको रुपमा प्रयोग हुँदै आएको छ। आप्रवासीहरु ट्युनिसिया हुँदै युरोप छिर्न त्यहाँको समुद्री बाटो प्रयोग गर्ने छन्।

Back to top button