नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २८ दशमलव ३१ अंकले घटेको बजार १८३८ दशमलव ४८ विन्दुमा आएको हो । यो १ दशमलव ५२ प्रतिशतको गिरावट हो ।

आज कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आज १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आज सबै उपसूचकहरु राताम्य देखिए । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता (२ दशमलव ३५ प्रतिशत)ले गुमाए ।

आज कालिञ्चोक दर्शन लिमिटेडको मूल्य सबैभन्दा धेरै ९ दशमलव ९७ प्रतिशतले बढेर ३४२ दशमलव ९० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको ६ दशमलव ४६ रुपैयाँले मूल्य बढेको छ ।

माछापुच्छ्रे डिभेन्चरको सबैभन्दा धेरै ७ दशमलव ७५ प्रतिशतले मूल्य घटयो । कुमारी धनवृद्धि योजना, माया खोला हाइड्रोसहितका धितोपत्रको समेत मूल्य धेरैले घटेको हो । नविल बैंक, शिवम् सिमेन्ट, एचडीएल, ग्लोबल बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

Back to top button