राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशन आजबाट सुरु, उद्घाटन गर्न ओली नेपालगञ्जमा

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशन आजबाट सुरु हुने भएको छ। महाधिवेशनको उद्घाटन गर्न आज बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुग्नुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल पनि नेपालगन्ज पुग्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतलगायतका नेताहरु यस अगाडि नै नेपालगञ्ज पुग्नुभएको छ ।

आजदेखि चैत २९ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। महाधिवेशनले युवाका वर्तमान मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्बोधन गर्ने युवा संघले जनाएको छ। अध्यक्षका लागि हाल क्षितिव थेवे, सन्तोष रावल र अञ्जना अधिकारीलगायत लबिङमा हुनुहुन्छ।

Back to top button