सुनको मूल्य ७ सयले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ। आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

तेजाबी सुन १ लाख ८ हजार ८०० पुगेको छ। अघिल्लो कारोबारको दिन हिजो सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

Back to top button