अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग मिलेर जानुबाहेक अरु विकल्प छैन : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

उहाँले नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताउनुभयो ।

मन्त्री रिजालले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको हो । तपाईंहरूको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईं हामी सबै मिलेर गर्नुपर्छ ।’

Back to top button